राजनितिक सहमती भए चैतमा चुनाव गर्न तयार : यादव

बाँके, असोज ६ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनका लागि आयोग आन्तरिक र प्राविधिक हिसाबले तयार रहेको बताउनु भएको छ ।

नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले त्यसका लागि आयोग चुनावी कार्यतालिका बनाएर निर्वाचनको तयारीमा जुटिसकेको जानकारी दिनुभयो ।

निर्वाचन गर्न आवश्यकपर्ने पाँचओटा कानुनको मस्यौदा सरकारलाई पठाइसकेको बताउदै उहाले राजनीतिक दलबीच सहमति भए आगामी चैतमा नै निर्वाचन गराउन आयोग तयार रहेको बताउनु भयो ।

राजनीतिक दलले सहमति कायम गरेर निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नै दिनुपर्नेमा उहाको जोड छ ।

बिहि, अशोज ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter