हिंसात्मक प्रदर्शनपछि अमेरिकाको नर्थ क्यारोलिनामा आपतकालीन घोषणा

काठमाडौं, असोज ६ ।

अश्वेत व्यक्तिको मृत्यु भएको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि अमेरिकाको नर्थ क्यारोलिना राज्यको सार्लोटमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

नर्थ क्यारोलिना राज्यका गर्भनरले राज्यमा आपतकालीन अवस्था घोषणा गरेका हुन् । स्थिति नियन्त्रणमा लिन राष्ट्रिय सुरक्षागार्ड खटाईनुका साथै प्रहरीले प्रदर्शनकारीलाई तितरबितर गर्न अश्रृग्यासको प्रयोग गरेको छ ।

प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको ज्यान गएपछि विरोधमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएको छ । मंगलबार रातिदेखि सुरु भएको विरोध प्रदर्शनका कारण अहिलेसम्म १६ जना प्रहरी अधिकारी घाइते भएका छन् ।

दुई दिनदेखि भइरहेको प्रदर्शन नियन्त्रण बाहिर गएपछि सार्लट शहरमा आपतकालीन अवस्था लागु गरिएको बिबिसिले जनाएको छ ।

गत मंगलबार प्रहरीको गोली लागेर अश्वेत व्यक्ति ४३ वर्षका किथ लमोन्ट स्कटको मृत्यु भएको थियो ।

प्रहरीले स्कटलाई साथमा रहेको ह्याण्डगन बुझाउन आग्रह गरेको नमानेपछि गोली हानेको बताएको छ । तर परिवारका सदस्यले भने किताब पढिरहेका बेला प्रहरीले गोली हानेको बताएका छन् ।

बिहि, अशोज ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...