प्रचण्डले स्वतन्त्रता र सार्वभौम सत्तामाथि गम्भीर आघात पुर्याएः माले

६ असोज, काठमाडौं ।

नेकपा मालेले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जारी गरिएको २५ बुदे संयुत्त विज्ञप्तिले नेपालको स्वतन्त्रता र सार्वभौम सत्तामाथि गम्भीर आघात गरेको भन्दै भत्र्सना गरेको हो ।

मालेको आज बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका क्रममा जारी गरिएको विज्ञप्तिमा उल्लेख भएका बिषयले नेपालको आन्तरिक मामलामा बाहृय शक्तिलाई प्रवेश गराउने प्रयास भएको निश्कर्ष निकालेको छ ।

बैठकपछि पार्टी महासचिव सीपी मैनालीले विज्ञप्ति जारी गरि संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्रा्ष्ट्रिय निकायका सम्बन्धमा भारतसँग समान दृष्टिकोण अपनाउने र भारतलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यमा समर्थन गर्ने जस्तो प्रावधान संयुक्त विज्ञप्तिमा रहनुले नेपाललाई राष्ट्रिय हित विपरितको परराष्ट्र नीति अपनाउन तर्फ घचेट्ने दुष्प्रयास भएको बताउनु भएके छ ।
मालेले नेपालमा भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाहरुको संयुक्त अनुगमन तथा सुपरिवेक्षण गर्ने नाममा नेपालप्रतिको भारतीय हेपाहा नीतिलाई प्रधानमन्त्री प्रचण्डले स्वीकार गरेको आरोप लगाएको छ ।

भारतीय रणनीति बमोजिम नेपालको संविधान संशोधनमा भारतीय मागलाई जायज ठर्हयाउदै प्रधानमन्त्री प्रचण्डले देशको भौगोलिक अखण्डतामाथि गम्भीर आँच र्पुयाउने काम गरेको मैनालीले बताउनु भएके छ ।

बिहि, अशोज ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...