गोरखा मनास्लुमा पहिरो जादा चार जनाको मृत्यु

गोरखा ,६ असोज ।

गोरखाको मनास्लु पदमार्गमा पहिरोजादा बिदेशी नागरिक सहित चार जनाको मृत्यु भएको छ । अन्य ६ जना गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा काठमाडौ, गोकर्ण बस्ने ३० बर्षिय छिरिङ शेर्पा, ३५ बर्षिय दोर्ज लामा र ओखलढुङ्गाकी ३२ वर्षिया रञ्जना बस्नेत रहेका छन् ।

उइया–केरौंजा जोड्ने तातोपानी पुल नजिक खसेको पहरोमा परी उनीहरुको मृत्यु भएको हो ।
यस्तै एक जना स्पेनी नागरिकको मृत्यु भएको पुष्ठी भएपनि उनको पहिचान भने खुल्न सकेको छैन ।

बिहि, अशोज ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया