प्राविधक कारणले अनुदान सम्झौता हुन सकेन: प्राधिकरण

काठमाडौं, असोज ६।
भूकम्प प्रभावित केही स्थानमा कागजपत्र तथा प्राविधिक कारणले तोकिएको समयमा अनुदान सम्झौता हुन नसेकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सहप्रवक्ता भिष्मकुमार भुषालका अनुसार गुनासो सुनुवाई नहुँदासम्म रकम वितरणमा स्थानीय राजनीतिक दल र स्थानीय बासिन्दाले विरोध गरेपछि अनुदान सम्झौतामा समस्या भएको हो ।

चाडपर्व नजिकीदै गर्दा बैंकमा पनि कामको चाप बढेको भन्दै छिट्टै सबै भूकम्प प्रभावितसँग अनुदान सम्झौता गर्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र सबै भूकम्प प्रभावितलाई राहत रकमको पहिलो किस्ता दिन निर्देशन दिनु भएको थियो । आफूले दिएको समयावधिमा पनि सबैले रकम पाउन नसकेपछि प्रधानमन्त्रीले असन्तुष्टि जनाउनु भएको छ ।

प्राधिकरणले अहिलेसम्म साढे ४ लाख प्रभावितसँग अनुदान सम्झौता गरेको छ । त्यसमध्ये ३ लाख ८१ हजारको खातामा रकम पुगेको प्राधिकरणले जनाएको छ ।

बिहि, अशोज ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया