एमालेले आज प्रतिवेदनमाथि समूहगत रुपमा छलफल गर्दै

काठमान्डौ असोज ६ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको हिजो देखि राजधानीमा सुरु भएको केन्द्रिय कमिटी बैठकमा आज देखि अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन माथि छलफल हुदै छ ।

बैठक धुमबाराहीस्थित पार्टी केन्द्रिय कार्यलयमा दिउसो १ बजे बस्ने बैठकमा हिजो पार्टी अध्यक्ष ओलीले पेस गरेको प्रतिवेदन माथि समूहगत रुपमा छलफल हुने एमालेले जनाएको छ ।

आजको बैठकमा सो प्रतिवेदन माथि सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुने प्रचार विभाग प्रमुख समेत रहनु भएका सचिव योगेश भट्टाराईले जानकारी दिनुभयो ।

भोली सम्म चल्ने सो बैठकमा पार्टी अध्यक्ष ओलीले ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन हिजो प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदनमा निर्वाचन हुन नदिने कसरत भइरहेको भन्दै त्यस विरुद्ध सशक्त कदम चाल्नु पर्ने उल्लेख छ ।

वर्तमान सरकारले पार्टीलाई मधेसी, जनजाति तथा भारतविरोधी शक्तिको रुपमा परिभाषित गरेको भन्दै त्यसकाविरुद्ध भन्डाफोर अभियान चलाउनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै, मधेसी मोर्चाले उठाएको संविधान संशोधनको माग पनि औचित्यहीन रहेको भन्दै निश्चित आधार र औचित्यबिना संविधान संशोधन गर्न नसकिने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै स्थायी कमिटीको बैठक समेत आजै बस्ने एमालेले जनाएको छ । संविधानबारे जानकारी गराउन भन्दै अध्यक्ष ओलीले अगाडि सार्नु भएको चार महिने अभियानको कार्यतालिका तय गर्न स्थायी कमिटि बैठक बस्न लागेको हो ।

बैठकमा सल्लाकार समिति, जेष्ठ कम्युनिष्ट मञ्चमा सदस्य मनोनय तथा अन्य पार्टी छाडेर एमाले प्रवेश गरेका व्यक्तिहरुको व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बिहि, अशोज ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया