संविधान खारेज गर्न क्रान्तिकारी माओवादी अध्यक्ष वैद्यको माग

काठमाडौं, असोज ५ ।

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले अहिलेको संविधान खारेज गर्न माग गर्नुभएको छ ।

क्रान्तिकारी माओवादीले आज राजधानीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै वैद्यले संविधान संशोधनले निकास निस्कन नसक्ने बताउँदै संविधान खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले भन्नुभयो , हामिले अहिलेकोजस्तो संविधानका लागि युद्ध लडेको होईन ।

यो संविधान पुरानो वर्गको हितमा रहेकाले आदिबासी, जनजाति, मधेसी, सिमान्तकृतलगायतको असन्तुष्टि सम्बोधन गर्न नसक्ने उहाले बताउनु भयो ।

अध्यक्ष वैद्यले संविधान नमाने पनि चुनावमा परिस्थिति हेरेर भाग लिन भने सकिने बताउनु भयो ।

बुध, अशोज ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...