माओवादी केन्द्रद्धारा केन्द्रीय सचिवालयको बैठक आब्हान

काठमाण्डौ, ५ असोज ।

ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको बैठकले यही असोज ८ गते केन्द्रीय सचिवालयको बैठक आब्हान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज लाजिम्पाटमा बसेको बैठकले संगठन सम्बन्धि निर्णय लिन केन्द्रीय सचिवालयको बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता पम्फा भुसालले  बैठकमा संगठनबारे छलफल भएको र संगठनात्मक विषयबारे निर्णय लिन आगामी असोज ८ गते केन्द्रीय सचिवालयको बैठक बोलाउने निर्णय गरिएको बताउनु भयो ।

प्रवक्ता भुसालका अनुसार केन्द्रीय सचिवालयको बैठक असोज ८ गते बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्नेछ ।

बुध, अशोज ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter