पढाई सुचारु गर्न माग गर्दै विद्यार्थीले थुने उपकुलपति र रजिष्ट्रार

कन्चनपुर ।
विद्यार्थीहरुले आज सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पढाइ सुचारु गर्न माग गर्दै उपकुलपति र रजिष्ट्रारलाई सभाकक्षमा नै थुनेका छन् ।

प्राध्यापकहरुले गरेको ‘पेनडाउन’का कारण विगत एक सातादेखि पढाइ बन्द रहेकाले विद्यार्थीहरुले उपकुलपति भूषण श्रेष्ठ र रजिष्ट्रार विजराज भट्टलाई तीनघन्टा कार्यकक्षमा थुनेका हुन् ।

विश्वविद्यालयमा उचित भौतिक पूर्वाधारको व्यवस्था र दुई महिनादेखि सेवा आयोगमा लगाएको ताला खोल्नुपर्ने माग राखेर विज्ञान संकायका प्राध्यापकहरुले गत सातादेखि पेनडाउन गरेका छन् ।

बुध, अशोज ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...