पार्टीको विवाद चुनावमा नदेखाउ : कोईराला

काठमाडौं, असोज ५ ।

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानिय निकायको निर्वाचन पछि मुलुकमा संविधान कार्यान्वयनका लागि सहज हुने धारणा राखनुभएके छ ।

कांग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिले आज गरेको कार्यक्रममा नेत्री कोइरालाले छोटो समयमा तीनै निकायको निार्वचन गराउनु चुनौतिपूर्ण रहेको बताउनु भयो ।

स्थानीय तहमा संविधानले प्रत्याभूत गरेअनुसारको महिला प्रतिनिधित्व सुनिश्चित हुनेपर्नेमा जोड दिँदै उहाले स्थानीय निकायको निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो ।
स्थानिय निकायको निर्वाचनमा पार्टीभित्रको अन्तरविरोध झल्काउने कार्य नगर्न पनि उहाले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कांग्रेस पाल्पाका सांसद हरि नेपालले संविधान निर्माणसँगै राजनीतिक क्रान्ति समाप्त भएकाले अब आर्थिक क्रान्ति मुलुकलाई आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा नेत्री कोइरालाले इन्जिनियर एसोसिएसनमा केही दिनअघि भएको निर्वाचनमा केन्द्रीय सदस्य पदमा विजयी श्रेष्ठ, महिला संघको केन्द्रीय सदस्य विजयी विश्वकर्मा, पन्त र नेपाललाई सम्मान गरिएको थियो ।

बुध, अशोज ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter