एमालेले दोहोरो भूमिका देखाउने :ओली

५ असोज, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रिय सवाल र संविधान कार्यान्वयनका बिषयमा दोहोरो भुमिका निर्वाह गर्ने बताउनु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आजबाट सुरु भएको केन्द्रिय समितिको बैठकमा सम्वोधन गर्दै ओलीले राष्ट्रिय सवालमा जिम्मेवार प्रतिपक्षक र संविधान कार्यान्वयनको सवालमा भने जिम्मेवार दलका रुपमा प्रस्तुत हुने उस्पष्ठ पार्नुभयो ।

अहिले पार्टीको भूमिका फेरिएको छ बैठकमा ओलीले भन्नुभयो ‘एमाले अहिले प्रतिपक्षमा रहेपनि राष्ट्रियताको सवालमा, संविधान कार्यान्वयनको विषयमा प्रतिपक्षीको भूमिका भन्दा जिम्मेवार राजनीतिक दलको भूमिका निर्वाह गर्छ ।

एमालेलाई भारत तथा मधेसी ,जनजाति विरोधी भनेर बिल्ला भिराइएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आक्रामकरुपमा प्रस्तुत हुदै त्यसलाई चिर्न पार्टीले विशेष अभियान चलाउने पनि जानकारी दिनुभयो ।

अहिले देशलाई सिथिल बनाउने खेल भइरहेको भन्दै त्यसविरुद्ध दबाव दिने पनि ओलीको भनाई छ ।

उहाले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा जारी भएको नेपाल भारत संयुक्त विज्ञप्ति पनि स्वीकार गर्न सकिने खालको नभएको दोहोर्याउनु भयो ।

संविधान कार्यान्वयनका लागि एमाले सरकारले बनाएको कार्यतालिकामा सरकारमै रहेका दलले गम्भीरतापूवर्क नलिएको उहाको आरोप छ ।

अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकार म्यादि रहेकोले चुनाव गराउन नसक्ने बताउनु भयो ।

यसैबीच , आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।

३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ओलीले वर्तमान सरकारले एमालेलाई मधेसी, जनजाति तथा भारतविरोधी शक्तिकोरुपमा परिभाषित गरेको भन्दै त्यसकाविरुद्ध भन्डाफोर अभियान चलाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

यस्तै, मधेसी मोर्चाले उठाएको संविधान संशोधनको माग पनि औचित्यहीन रहेको भन्दै ओलीले निश्चित आधार र औचित्यबिना संविधान संशोधन गर्न नसकिने स्पस्ट पार्नुभएको छ ।

बैठकमा पेस गरिएका प्रतिवेदन केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको छ । केन्द्रीय सदस्यहरुले अध्ययन गरिसकेपछि प्रतिवेदनबारे भोलीदेखि छलफल आरम्भ हुनेछ ।

बुध, अशोज ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...