झापाको चप्रामारीमा एक जनाको हत्या

५ असोज, झापा ।
झापाको शरणामती गाविसका लेखापाल यामनाथ रिजाल मृत फेला परेका छन् । रिजालको शव आज बिहान कनकाई नगरपालिका ५ चप्रामारीमा फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख जितेन्द्र थापाले टाउकोमा चोट लागेको अवस्थामा रिजालको शव फेला परेको बताउनु भयो ।
टाउकोमा २ ÷३ ठाउमा चोट लागेको र नागबात रगत बगेको अवस्थामा उनको शव भेटिएकाले हत्या भएके हुनसक्ने प्रहरीको अनुमान छ ।

घट्नाको विषयमा अनुसन्धानका लागी रिजालका साथी लय शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुध, अशोज ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...