अख्तियारले लडाकु शिविरको अनियमितताबारे सोधपुछका लागी पत्र पठाउदै

काठमाडौ ५ असोज ।
माओवादी लडाकु शिविरमा भएको भ्रष्टचारबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएको छ ।

आयोगले आर्थिक अनियमिततामा संलग्न भएको अशंकामा लडाकु व्यवस्थापन र भरणपोषणमा संलग्न केही जिम्मेवार अधिकारीलाई बयानका लागि ३० दिनभित्रमा उपस्थित हुन निर्देशन सहित पत्रचार गर्ने तयारी गरेको छ ।

अख्तियार स्रोतका अनुसार विगतमा परेका उजुरी र अख्तियारले यसअघि गरेको फाइल अनुसन्धानका क्रममा शंकाको घेरामा रहेका पदाधिकारीलाई बयानका लागि उपस्थित हुन निर्देशनसहित आज पत्रचार गर्नेछ ।

३० दिनभित्र उपस्थित नहुनेलाई भ्रष्टाचार अभियोगमा विषेश अदालतमा मुद्धा दायर गर्ने अख्तियारको तयारी छ । बयानका लागि बोलाइएका व्यक्तिको पहिचान भने गोप्य राखेको अख्यिारले जनाएको छ ।

यस्तै अख्तियारले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयसँग लडाकु शिविर व्यवस्थापन सम्बन्धी भएका निर्णय र प्रक्रिया सम्बन्धी सबै कागजात समेत माग गरेको छ ।

बुध, अशोज ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया