प्रस्तावित राजदुत उपाध्यायविरुद्ध परेको उजुरीको १२ गते सुनुवाई हुने

काठमान्डौ, असोज ५।
भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय विरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन वटा उजुरी परेको छ ।

आज बसेको सुनुवाई समितिको बैठकले उजुरीहरु अध्ययनका लागि सदस्यहरुलाई वितरण गरिएको छ । सो उजुरीहरुको आगामी १२ गते सुनुवाई गर्न तयारी भएको सुनुवाई समितिले जनाएको छ ।

सरकार ढाल्न सक्रिय भएको लगायतका आरोप लगाएर केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले उपाध्यायलाई फिर्ता बोलाएको थियो ।

तर, कांग्रेसको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको नयाँ सरकारले पूर्वमन्त्री समेत रहेका उपाध्यायलाई फेरि भारतकै लागि राजदूतमा सिफारिस गरेको छ । जसको एमालेले विरोध गर्दै आएको छ ।

समितिमा चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौडेलविरुद्ध भने लिखित उजुरी परेको छैन ।

बुध, अशोज ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार