राष्ट्रसंघद्धारा नागरिक हत्या बन्द गर्न सिरियाली सरकारको ध्यानाकर्षण

एजेन्सी ५ असोज ।
सिरियाको एलेप्पो शहर नजिक सहायता सामग्री बोकेको सवारी साधनमा भएको आक्रमणमा रुस जिम्मेवार रहेको अमेरिकाले आरोप लगाएको छ ।

गत सोमबार राष्ट्रसंघको सहायता सामग्री बोकेको सवारी साधन लक्षित आक्रमणलाई गम्भिर मानवीय आक्रमण भएको भन्दै घटनामा रुस जिम्मेवार रहेको अमेरिकास्थित ह्वाइट हाउसले जनाएको छ ।

सिरियाली सरकारले एक साता लामो युद्धविराम सकिएको घोषणा गरेको केही घण्टामै उक्त आक्रमण भएको थियो । आक्रमणमा सहायता सामग्री बोकेका ३१ मध्ये १८ वटा लरी ध्वस्त भएका थिए ।

यस्तै घटनामा कम्तिमा २० सर्वसाधारणको मृत्यु भएको थियो । अमेरिकी अधिकारीहरुले आक्रमण निकै आधुनिक प्रकृतिको भएको र सो किसिमको आक्रमण सिरियाली सेनाले गर्न नसक्ने दावी गरेको छ । यद्यपी रुसले भने उक्त आरोपको खण्डन गरेको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघले आफ्नो नागरिकको हत्या बन्द गर्न सिरियाली सरकारको ध्यानाकर्षण गर्दै सबै सहायता तत्कालका लागि स्थगन गरेको छ ।

राष्ट्रसंघका महासचिव वान कि मुनले पाँच वर्षको गृह युद्धको क्रममा अधिकांश सर्वसाधारण नागरिकको हत्या भएको भन्दै सिरिया सरकारको आलोचना गर्नुएको छ ।

सिरियाली सरकारले आफनै नागरिकको हत्या गरिरहेको जिकीर गर्दै महासचिव मुनले तत्काल युद्ध रोक्न अपील गर्नु भएको छ । पाँच बर्षदेखि जारी सशस्त्र हिंसामा आम नागरिक मारिएको भन्दै यसमा राष्ट्रपति बसर अल असद जिम्मेवार रहेको मुनको भनाई छ ।

बुध, अशोज ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...