घर भत्किएर किच्दा एकको मृत्यु, एक घाइते

धनकुटा, ५ असोज ।

घर भत्किएर किच्दा धनकुटाको पाख्रीबासमा आज एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
लगातारको वर्षाका कारण घर भत्किएर किच्दा पाख्रीबास नगरपालिका–८ खोलाखर्ककी ५३ वर्षीया नरमाया कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सोही घरमा बास बसेका एक बटुवा पनि घाइते भएका छन् । उनको पहिचान हुन बाँकी छ ।

बुध, अशोज ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...