
काठमाडौ ,५ असोज ।
भेनेजुएलामा सम्पन्न असंलग्न राष्ट्रहरुको १७ औं शिखर सम्मेलनमा सहभागी भएर उपराष्ट्रपति नन्द बहादुर पुन आज स्वदेश फर्कनु भएको छ ।
उहा आज विहान साढे ९ बजे काठमाण्डौ आइपुग्नु भएको हो । भेनेजुएलामा भएको शिखर सम्मेलनमा भाग लिन उपराष्ट्रपति पुन गत भदौ २९ गते त्यसतर्फ जानु भएको थियो ।
उहाँलाई प्रधानमन्त्री पुुष्पकमल दाहालले बिमानस्थनमा स्वागत गर्नुभएको थियो । भ्रमणका क्रममा उपराष्ट्रपति पुनले बिभिन्न राष्ट्रका प्रमुख तथा प्रतिनिधिसंग साईडलाईन वार्ता समते गर्नुभएको थियो ।
उहाँले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो, भारतका उपराष्ट्रपति हमिद अन्सारी, राष्ट्रसंघका उपमहासचिव किम ऊन सोलेसँग भेटवार्ता गर्नुभएको थियो ।
सम्मेलनमा नेपालले राष्ट्रसंघीय शान्ति तथा निस्शस्त्रीकरणको कार्यालय काठमाडौंमा पुनस्स्थापना गर्न प्रस्ताब राखेको छ । नेपालको उक्त प्रस्ताव बोर्ड बैठकमा निर्णायर्थ प्रस्तुत हुनेछ ।
बुध, अशोज ५, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य प्रमुख खबर समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम