गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति नदिने :प्रधानमन्त्री


काठमाण्डौ ,५ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति नदिइने बताउनु भएको छ । अन्तराष्ट्रिय शान्ति दिवसका अवसरमा शान्ति मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा र्पुयाउन ढिला गर्न नहुने समेत बताउनु भयो । दण्डहिनतालाई प्रोत्साहन गर्ने आफ्नो पार्टीको उद्देश्य नभएको बताउदै दाहालले कसैलाई पनि उन्मुक्ती नदिइने बताउनु भयो ।

सेना समायोजन, हतियार व्यवस्थापन जस्ता महत्वपूर्ण काम सहज र मौलिक ढंगले निष्कर्षमा पुर्याएको बताउदै उहाँले अब शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा र्पुयाउन ढिलाइ गर्न नहुने बताउनु भएको हो ।

यसैविच दिवसको अवसरमा शुभकामना दिँदै संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले सबै सँगै हिँड्नका लागि एक अर्काले एकापसमा हातमा हात मिलाउनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

उहाँले हरेक मानिसको आत्मसम्मान र समानताका लागि एक अर्काले एकापसमा सहयोग गर्नु पर्ने समेत बताउनु भयो ।

यस्तै दिवसकै अवसरमा शुभकामना दिँदै शान्ति तथा पुनर्निर्माण मन्त्री सीता देवी यादवले लामो समयको द्वन्द्व र त्यसपछिको संक्रमणकाललाई व्यवस्थापन गर्न सबैको साथको खाँचो रहेको बताउनुभएको छ । दीगो शान्तिका लागि आफूहरु निरन्तर प्रयासमा रहेको पनि उहाँले उल्लेख गर्नु भयो ।

बुध, अशोज ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया