अन्तर्रा्ष्ट्रिय शान्ति दिवस विभिन्न कार्यक्रम गरी मनाइर्दै

काठमान्डौ ,असोज ५।
आज अन्तर्रा्ष्ट्रिय शान्ति दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईंदै छ । दिवसको यस वर्ष नारा दीगो शान्ति राष्ट्र विकासको आधार भन्ने तय गरिएको छ ।

संयुक्त राष्ट्रसंघको ५५ औं साधारण सभाले सन् २००० देखि हरेक वर्ष सेप्टेम्बर २१ का दिन अन्तर्रा्ष्ट्रिय शान्ति दिवस मनाउने घोषणा गरेको थियो । तर नेपालमा भने २०६५ साल देखि मात्र यो दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय लगायत विभिन्न संघसस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । सामाजिक तथा जनजीविकामा प्रभाव पार्ने गरी स्थिरता आए मात्रै दीगो शान्ति स्थापना हुने सरोकारवालाहरुले बताएका छन् ।

बुध, अशोज ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया