नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक आजपनि बस्दै


काठमाडौ ५ असोज ।
सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक आज पनि बस्दैछ । लाजिम्पाटस्थित अध्यक्ष दाहालको निवासमा बस्ने बैठकमा पार्टीको संगठनात्मक संरचनालाई पूणता दिने सम्बन्धमा छलफल हुनेछ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष दाहालको हालै सम्पन्न भारत भ्रमण तथा संविधान संशोधनका विषयमा छलफल गर्न बोलाइएको बैठकमा लडाकु शिविरको अनियमितता सम्बन्धमा अख्तियारको पत्रका विषयमा छलफल सुरु भएपछि बैठक लम्बिएको हो ।

दिउँसो २ बजेपछि सुरु हुने आजको बैठकले पार्टीको संगठनात्मक संरचनालाई पूणर्ता दिने तयारी गरेको माओवादी केन्द्रले जनएको छ ।

यसअघि हिजो बसेको हेडक्वाटर बैठकमा लडाकु शिविरको अनियमितता सम्बन्धमा अख्तियारको पत्रबारे छलफल भएको थियो ।

बुध, अशोज ५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया