सोलिडारिटी फेस्टिभल सम्पन्न

बेल्जियम, असोज ४ ।

समुद्री तट नजिक रहेको ब्रेदेनेमा सम्पन्न सोलिडारिटी फेस्टिभल ‘मानिफेष्टा’ दर्शकहरुको उत्साहनजक सहभागिता रहेको थियो ।

विश्वभरिका सामाजिक र राजनीतिक संघ संस्थाहरुको इन्फो स्टल रहेको उक्त मेलामा लुम्बिनी–कपिलवस्तु विश्व अभियान, बेल्जियमले नेपालको पहिचान गराउदै नेपालको पर्यटन प्रवर्द्धन कार्य गरेको छ ।

मेलामा अभियानले भगवान बुद्धको शान्ति र अहिंसाको सन्देशहरु लेखिएका प्लेकार्डहरु र बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा स्वागत छ भन्ने सन्देश लेखिएका ब्यानरहरु प्रदर्शनसहित पर्यटन प्रवरेद्धनका सामाग्रीहरु वितरण गरेको थियो ।

त्यसैगरी बुद्धको पवित्र जन्मस्थल लुम्बिनी र कपिलवस्तुको प्रचार प्रसारका साथै नेपालको संस्कृतिक र प्राकृतिक धरोहरहरुको बारेमा बनेका वृत्तचित्रहरुको हरेक दुई घन्टाको फरकमा प्रदर्शन गरिएको थियो ।

यसै वर्ष बेल्जियम सरकारबाट नाफारहित संस्थाको रुपमा आधिकारिक स्वीकृति पाएको लुम्बिनी–कपिलवस्तु विश्व अभियान, बेल्जियमले मेलामा पहिलोपटक प्रतिनिधित्व गरेको हो ।

इन्फो स्टल राख्ने प्रयोजनका लागि अभियानले ५६२ युरो ६५ सेन्ट अर्थात् नेपाली ६७ हजार ४ सय ४० रुपैयाँ भाडा आयोजकलाई बुझाएको थियो ।

मङ्ल, अशोज ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रवास समाचार

Like us On Facebook

Follow Us On Twitter