एमाले स्थाई समितिको बैठक जारी

काठमाण्डौ ,४ असोज ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थाई समिति बैठक अहिले बसिरहेको छ ।

भोलीदेखि सुरु हुने पार्टीको केन्द्रिय समितिको बैठकको एजेण्डालाई अन्तिम रुप दिन स्थाई समिति बैठक बसेको हो ।

पार्टी कार्यलय धुम्बाराहिमा जारी बैठकमा अध्यक्ष केपि शर्मा ओलीको राजनितिक प्रतिवेदनका बिषयमा केन्द्रित छलफल भईरहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीको सो प्रतिवेदन भोलीको केन्द्रिय कमिटिमा पेश गरिनेछ ।
यस्तै आजको बैठकमा मुलुकको पछिल्लो राजनितिक अवस्था तथा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बिषयमा पनि छलफल हुने एमालेले जनाएको छ ।

मङ्ल, अशोज ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया