संस्कृतिविद् जोशीलाई १ लाखको पुस्कार

पोखरा , ४ असोज ।

बरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई समाजसेवी हेमबहादुर प्रधानद्वारा स्थापित ‘हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा’ पुरस्कारबाट सम्मानित गरिने भएको छ ।

पोखराको विन्ध्यबासिनी मन्दिर धार्मिक क्षेत्र विकास समितिले आज पत्रकार सम्मेलन गरि जोशीले सांस्कृतिक क्षेत्रमा र्पुयाएको योगदानको कदर गर्दै सम्मान गर्ने निर्णय भएको जानकारी गराएको हो ।

प्रत्येक २÷२ वर्षमा प्रदान गरिने यो पुरस्कारको राशी एक लाख एक हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । जोशीलाई आगामी असोज १३ गते एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गर्नुहुने छ ।

१५ लाखको अक्षयकोष रहेको उक्त पुरस्कार नेपालमा रहेर धर्म, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्ति वा संस्थालाई प्रदान गर्ने गरिएको प्रतिभा चयन समितिका संयोजक गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि विन्ध्याबासिनी मन्दिर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा चयन समितिले जोशीलाई पुरस्कार प्रदान गर्न गरेको सिफारिशलाई समितिको पूर्ण बैठकले अनुमोदन गरेको थियो ।

मङ्ल, अशोज ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...