राष्ट्रिय नीतिमा प्राथमिकता नदिएसम्म दिगो विकास सम्भव छैन :महत

४ असोज, काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा सहभागी हुन अमेरीकाको न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दिगो विकासको लक्ष्य प्राप्तीका लागी मुलुकले आ–आफ्ना राष्ट्रिय नीतिको प्राथमिकतामा जोड दिनुपर्ने बताउनु भएको छ ।

राष्ट्रसंघको प्रधान कार्यालयमा आज आयोजित शरणार्थी तथा आप्रवासीसम्बन्धी उच्चस्तरीय बैठकमा बोल्दै मन्त्री महतले मुलुकले राष्ट्रिय नितीमा प्राथमिकता नदिएसम्म दिगो विकास प्राप्तिसम्बन्धी सन् २०३० का दिगो विकासका लक्ष्य हासिल गर्न नसकिने बताउनु भयो ।

उहाले बहुआयामिक समस्याका रुपमा रहेको शरणार्थी समस्यालाई प्रभावकारी रुपमा त्यसको समग्रतामा पुगेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

सबै आप्रवासी शरणार्थी नभएको भन्दै मन्त्री महतले स्पष्ट पहिचान गरेर मात्र सम्बन्धित व्यक्तिलाई आप्रवासी वा शरणार्थी भनेर छुट्याउनुपर्ने बताउनु भयो ।

मन्त्री महत आजै अल्पविकसित, भूपरिवेष्टित विकासोन्मुख तथा टापू राष्ट्रहरुले संयुक्तरुपमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठकमा पनि सहभागी हुनुभएको थियो ।

सो बैठकमा बोल्दै उहाले मौसम परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना गर्न आन्तरिक स्रोत र साधनले नभ्याउने भएकाले त्यसमा अन्तर्रा्ष्ट्रिय सहयोग र साझेदारीको आवश्यकता औल्याउनु भयो ।

आजै, मन्त्री महतसँग कोलम्बियाका विदेशमन्त्री मारिया एन्जेला होल्गुइन स्विलारले भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा महत र स्विलारबीच कोलम्बिया र नेपालको शान्ति प्रक्रियाबारे छलफल भएको न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

नेपालको शान्ति प्रक्रियाको सफलताबारे जिज्ञासा राख्दै विदेशमन्त्रीले स्विलारले कोलम्बियाको कफी उत्पादन तथा प्रशोधनको अनुभव नेपालका निम्ति पनि उपयोगी रहेकाले आवश्यक सहकार्य गर्न मन्त्री महतसमक्ष प्रस्ताव गर्नुभएको थियो ।

जवाफमा मन्त्री महतले नेपालमा संबिधान कार्यान्वयन तर्फ अघि बढेको जनाउदै दुई देशबीचको सहकार्य निरन्तर रहने भन्दै उहाको प्रस्ताव सकारात्मक रहेको बताउनु भयो ।

मङ्ल, अशोज ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter