सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई गृहको निर्देशन

काठमाण्डौ , ४ असोज ।

उपत्यकाका बिभिन्न बिद्यालयहरुमा बम फेला परेपछि गृहमन्त्रालयले मातहतका सरक्षा निकायलाई सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ ।

उपत्यकाको करिब एक दर्जन बिद्यालयहरुमा बम फेला परेलगत्तै गृहले घटनास्थल तथा आसपासका स्थानमा सुरक्षामा कडाई गर्न सम्बन्धीत सबैलाई निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवत्ता यादव कोईरालाले अभिभावक तथा बिद्यार्थिलाई नआत्तिन आग्रह गर्दै बिद्यालय र बिद्यार्थीलाई सुरक्षाको प्रत्याभुति दिलाउने गरि आवश्यक पह गर्न निर्देशन दिईएको जानकारी गराउनु भयो ।

घटनाबारे तत्काल अनुसन्धान गरि दोषिलाई कार्वाहि गरिने पनि उहाले बताउनु भयो ।

मङ्ल, अशोज ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter