प्रम भ्रमण बिबादरहि हुन नसकेको भन्दै माओवादी नेताले गरे आलोचना

काठमाण्डौ ,४ असोज ।

नेकपा माओवादी केन्द्रले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अत्यन्त सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ ।

लाजिम्पाटमा आज बसेको बैठकले प्रधानमन्त्री दाहालको भ्रमण अत्यन्त उपलब्धिमूलक भएको निष्कर्ष निकालेको हो ।
बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बिषयमा केन्द्रिय कार्यलयका सदस्यहरुले धारणा राखेका छन् ।

नेताहरुले भारतले नेपालको संविधानबारे बनाएको धारणा र राष्ट्रिय महत्वका आयोजनाका बारेमा भएका सम्झौताबारे अध्यक्ष तथा प्रधानमन्त्री दाहालसँग जिज्ञासा राखेका थिए ।

जवाफमा प्रधानमन्त्री दाहालले भारत भ्रमणका बारेमा र त्यहाँ रहँदा भएका भेटघाटबारे सदस्यहरुलाई जानकारी गराउदै आफ्नो भ्रमणबाट नेपाल–भारतबीच चिसिएको सम्बन्ध सुदृढ भएको दावी गर्नभयो ।

अध्यक्ष तथा प्रधानमन्त्री दाहालले भनाई राखेपछि अरु नेताले भ्रमणबारे धारणा राखेका थिए । उनीहरुले प्रधानमन्त्रीको भारत भ्रमण बिबाद रहित बन्न नसकेको भन्दै आलोचना समेत गरेका छन् ।

केन्द्रीय कार्यालयको अर्को बैठक भोली बिहान ११ बजेका लागी बोलाईएके छ ।

मङ्ल, अशोज ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया