अवरुद्ध भएको ८ दिन पछि पासाङल्हामू राजमार्ग सञ्चालनमा

काठमान्डौ असोज ४।
पहिरोका कारण ८ दिनदेखि अबरूद्ध पासाङल्हामु राजमार्गको स्याफ्रु–रसुवागढी सडकखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ ।

रसुवाको वृद्धिम–१ फ्याङ्लुङमा चट्टानसँगै झरेको ठूलो पहिरो पन्छाएपछि साना सवारी साधन सन्चालनमा आएको प्रहरीले जनाएको छ ।

बेलुकीसम्ममा ठूला सवारी साधन पनि सञ्चालनमा ल्याउन मिल्ने गरि बाटो खोलिने प्रहरी नायव उपरीक्षक फडिन्द्र प्रसाइले जानकारी दिनुभयो ।

रसुवागढी जलविद्युत आयोजना, सडक डिभिजन कार्यलय नुवाकोट र नेपाली सेनाको मैलुङ–स्याफ्रुवेशी सडक निमार्ण गरिरहेको कार्यदलले सडक खुलाएका हुन् ।

फ्याङ्लुङमा झरेको पहिरो पन्छाउने काम भएपनि टिमुरे स्थित घट्टखोलामा झरेको पहिरो भने आज पन्छाइने र त्यसपछि मात्र बाटो नियमित रुपमा सञ्चालन गरिने प्रसाईले बताउनु भयो ।

मङ्ल, अशोज ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...