नयाँ कमिटी गठन गर्दै विद्यार्थी परिषद्को कार्यक्रम सम्पन्न

काठमान्डौ असोज ४।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले काठमान्डौ महानगरमा नयाँ कमिटि गठन गरेको छ ।

उपत्यकाका विभिन्न कलेज इकाइहरुका विचमा गरिएको दुइ दिवसीय अभ्यास वर्ग कार्यक्रममा सो कमिटि गठन गरिएको हो ।

कमिटीमा काठमाडौ जिल्ला प्रमुख डा दयाराम भुषाल,महानगर अध्यक्ष फुल प्रसाद सुबेदी, जिल्ला छात्रा प्रमुख शान्ता ढुङगाना, सह छात्रा प्रमुख निरु आचार्य निर्वाचन हुनु भएको छ ।

त्यस्तै नगर सचिव कृष्ण हुमागाई,सह नगर सचिव पुनज प्रधान ,आयुष भाट लगायत १५ सदस्यीय नयाँ कमिटी गठन भएको छ ।

सो वर्गमा काठमान्डौ उपत्यकाका विभिन्न क्षेत्रमा गठित इकाइका ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । वर्गमा विद्यार्थीहरुलाई परिषद्का केहि सांगठनिक विषयवस्तुका साथै उनीहरुको व्यक्तित्व विकास गर्ने खालका कार्यक्रमहरु सञ्चालन भएको परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले जानकारी दिनु भयो ।

शिक्षा क्षेत्रलाई माध्यम बनाई मुलुकका ५० भन्दा धेरै जिल्लाहरुमा आफ्नो कार्य लाई अगाडि बढाइरहेको विद्यार्थी परिषद्ले विद्यार्थीहरुको नेतृत्व विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

सो कार्यक्रममा भारतिय चलचित्र बोडका अध्यक्ष गजेन्द्र चौहानको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै उहाँले विद्यार्थी देशको संवाहक भएकाले उनीहरुलाई सहि मार्ग दर्शन गराउन आवश्यक रहेको बताउनु भएको थियो ।

साथै उहाँले मुलुकका युवाहरुलाई विद्यार्थी परिषद्ले सहि मार्ग देखाउने काम गरेको पनि बताउनु भयो ।

मङ्ल, अशोज ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...