उपत्यकाका विद्यालय सावधानीपूर्वक सन्चालन गर्न प्याबसनको अपिल

काठमाडौ ४ असोज । 

निजी तथा आवसीय विद्यालय प्याबसनले उपत्यकाका विद्यालयलाई सावधानीपूर्वक सन्चालन गर्न सम्न्धित सबैमा अपिल गरेको छ ।

जिल्ला शिक्षा कार्यलय र सुरक्षा अधिकारीहरुसँग सुरक्षाका लागि समन्वय गरिरहेको भन्दै व्याबसनले आफ्ना बालबालिकालाई ढुक्का भइ विद्यालय पठाउन अभिभावकलाई समेत अपिल गरेको छ ।

विद्यालय बन्दा गर्दा थप त्रास फैलिनसक्ने भन्दै होसियारीपूर्वक विद्यालय सन्चालन गर्नु नै उचित हुने प्याबसनका अध्यक्ष लक्ष्य बहादुर केसीले बताउनु भयो ।

यसैबीच राजधानीका झन्डै एक दर्जन विद्यालयमा बम फेला परेको विषयलाई लिएर जिल्ला शिक्षा कार्यलय काठमाडौको आह्वानमा सुरक्षा अधिकारी र सरोकारवाला बीच बिहान ११ बजे आकस्मिक बैठक बस्दै छ ।

मङ्ल, अशोज ४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter