काला जादुको नाममा विश्वभर मानिसको लाशको यसरी हुदै छ तस्करी !

औषधीको लागि समेत मानिसको लाशको माग बढेको खबर यस अघि पनि आएको हो । तर काला जादुको नाममा समेत मानिसको लाशको तस्करी बढेको एक अध्ययनले देखाएको छ ।
लाशको तस्करी गर्नेहरुले ठूलो मात्रामा पैसा आर्जन गरीरहेको देखिएको छ ।
हालै मेक्सीको सिटीमा टेडी वियर भित्र मानव खोपडीहरुको ठूलो परिणामा तस्करी हुने गरेको पत्ता लागेको हो । ती खोपडीहरु अमेरीका लगिदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
यसमा संलग्न औषधि व्यवशायी फिडेनशियो अपारीसियो पक्राउ परेका छन् ।
उनले अमेरीकामा मानिसहरुको खोपडीको ठूलो डिमाण्ड रहेको प्रहरीलाई बताएका छन् ।
कतिपय मानिसहरुले यसलाई धार्मिक अभ्यासको रुपमा समेत प्रयोग गरीरहेको देखिएको छ ।
भारतमा पनि ठूलो तस्करी
केही समय पहिले भारतबाट भुटान लगिदै गरेको एउटा कन्टेनर प्रहरीले समात्यो । जसमा मानिसका खोपडीहरु लुकाईएका थिए । ती खोपडीहरु भारतको वाराणशीको मशानघाटबाट जम्मा पारेको देखिएको प्रहरीले बताएको छ ।
यो खोपडीबाट भुटानमा अघोरीहरुले सिंह र प्लेट बनाउने भन्दै मगाएको बताईएको छ ।
पूर्वी भारतमा पनि अघोरी सम्प्रदाय र मानव हड्डीको लागि बदनामा भए पछि यस्तो व्यवहारमा सरकारले प्रतिवन्ध लगाएको छ ।

kala-jadu-1

बैंककको होटलमा बच्चाको हड्डी टाउको ताजा अवस्थामा फेला पर्यो
बैंककको एक होटलबाट प्रहरीले काला जादुको नाममा तस्करी गरेर एक होटलमा लुकाईएको अवस्थामा दुई देखि ६ महिनाको बच्चाको शब पोलेर राखिएको अवस्थामा फेला पारेको थियो ।
यसरी रोष्टेड जस्तो देखिए पनि कतिपय मासुका भागहरु कुहिन लागेको थियो । यी सबै खोपडी र मासुलाई लगेज भित्र हालिएको थियो ।
चाउ होक कुएन नामका ती व्यक्तिले यसलाई काला जादुको लागि ताईवान लान लागिएको बताएका थिए ।
उनले आफूले यसलाई डेलिवर गर्न सकेको भए धेरै पैसा मिल्ने थियो भनेका छन् । उता ईराकमा पनि मानिसको लाशको व्यापार बढेको भनिएको छ ।
कतिपय मुसलमानहरुले आफ्नो वृद्धाहरुको लाश तस्करी नै गरेर वा लुकाएर लगेर वादी उस सलाममा अन्त्यष्टीका लाने गरेका छन् ।
यता दक्षिण कोरीयामा यस्तो बच्चाको भ्रुण भरिएको क्याप्सुल पाईने गरेको छ । चीनमा बन्ने सो क्याप्सुलमा स्टामिना बुस्टरको लेवल लगाईएको हुन्छ । भनिए पनि चीनले यस्तो प्रकरण अस्वीकार गरेको छ । यस क्याप्सुलमा एबोर्सन गरिएको वा जन्मदै मृत बच्चाको मासुको मात्रा मिलाईएको हुन्छ ।

jadu-3
उता ब्रुकलिनमा पनि मानिसका शरीरका विभिन्न अंगहरुको बिक्री हुने गरेको प्रहरीले जनाएको छ ।
संसारमा मानीसको लाशको यसरी तस्करी र प्रयोग बढ्दै गएमा भविष्यमा नया खतरा पैदा हुन सक्ने छ । अर्थात लाशहरुको उपभोगको प्रवृति बढेमा मानिस मार्ने सम्मको व्यवहार हुन नसक्ला भन्न सकिन्न ।

सोम, अशोज ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...