संघीय गठबन्धनद्वारा कालो झण्डा प्रदर्शन

काठमाण्डौ ,३ असोज ।
संविधानप्रति असन्तुष्ट मधेसी मोर्चासहित संघीय गठबन्धनले राजधानीलगायतका देशका बिभिन्न स्थानमा संविधान जारी भएको दिनलाई ’कालो दिन’ भन्दै प्रदर्शन गरेको छ ।

राजधानीमा शान्ति बाटिकामा जम्मा भएका गठबन्धन कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गरेका थिए ।

प्रदशर्नकारीहरु शान्तिबाटिकाबाट जयनेपाल हुँदै घुमेर फेरी शान्तिबाटिकामा नै गएर समापन गरेका थिए ।

मधेस र थारु क्षेत्र केन्द्रित दलहरुले उक्त संविधानमा असहमति जनाउँदै झण्डे छ महिना लामो आन्दोलन गरेका थिए । त्यस क्रममा करिव ५० जनाको मृत्यु भएको थियो ।

त्यसैगरी झापा ,खोटाङ, रौतहट, सप्तरीलगायतका जिल्लामा पनि गठबन्धनका कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गरेका छन् ।

सोम, अशोज ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...