बिदेशी बुहारिलाई नमान्ने भारतले नेपालमा राष्ट्रपति बनाउन खोज्ने

भक्तपुर, असोज ३ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तराष्ट्रिय मामिलालाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाउनु भएको छ ।

संविधान दिवसको अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाले दाहालले अन्तराष्ट्रिय मामलामा भारतको पछि लाग्छौं भन्नु गलत भएको समेत बताउनुभयो ।

संविधान कार्यान्वयन गर्न नदिने षडयन्त्र भइरहेकोबारे खबरदारी गर्दै ओलीले भन्नुभयो ‘९२ प्रतिशत जनप्रतिनिधीले हस्ताक्षर गरेको संविधान सर्वस्वीकार्य भएन भन्नु गलत हो, छिमेकीले अह्राएका ४ जनालाई संविधान मन परेन भन्दैमा संविधान संशोधन हुँदैन ।’

बिदेशीलाई नागरिकता दिएर राष्ट्रपति, प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने खेल रचिएको भन्दै ओलीले देशका जनताको लागि नभई, छिमेकीलाई खुसी पार्न संविधान संशोधन गर्ने कार्य कदापी नहुने जिकिर गर्नुभयो ।

उहाले भन्नुभयो ‘भारतले अरु देशबाट भित्रिएका बुहारीलाई नमान्ने तर नेपालमा भने उताबाट आएकालाई नागरिकता दिएर राष्ट्रपति, प्रधानमन्त्री बनाउनु पर्ने यो हुन सक्दैन ।’

वर्तमान मन्त्रीपरिषद्मा नेपालमा आएर घरजम गरेका भारतीय नागरिकले नेपालको नागरिकता लिएर मन्त्रीसम्म भएको चर्चा गर्र्दै उहाँले अब राष्ट्रपति, प्रधानमन्त्री हुनुपर्यो भन्ने उनीहरुको माग रहेका सचेत रहन आग्रह पनि गर्नुभयो ।

कांग्रेस सिद्धान्त र विचारबाट पलायन भएको आरोप लगाउँदै ओलीले विपि बाबुको नाम भजाउँदै देश विगार्ने खेलमा लाग्नु भन्दा देश जोगाउन कांग्रेस गम्भीर हुनुपर्ने औँल्याउनुभयो ।

उहाले अर्को पार्टी माओवादी केन्द्रको नाम र पार्टीको ठेगान नभएको दल भएको टिप्पणी गर्दै ओलीले भन्नुभयो ‘प्रचण्डजीले अब म ठूलो पार्टी बनाउँछु भन्नु हुन्थ्यो, विश्व मै नभएको २५ सय केन्द्रीय सदस्य भएको पार्टी नै बनाउनुभयो ।

कार्यक्रममा सहभागी पूर्व कानून मन्त्री एवं एमाले पोटिव्यबूरो सदस्य अग्नि खरेल, पूर्व उद्योग मन्त्री महेश बस्नेत, सांसद केदार सञ्जेल लगायतका नेताहरुले संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र भए एमालेले आन्दोलन छेड्ने बताएका थिए ।

सोम, अशोज ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार