एनभीए कप राष्ट्रिय पुरुष तथा महिला भलिबलमा ससस्त्र तेस्रो

काठमाण्डौ ,३ असोज ।

राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दुबै बिधामा ससस्त्र प्रहरी बलले तेस्रो स्थान हात पारेको छ ।

त्रिपुरेश्वर स्थित राखेपको कवर्ड हलमा भएको खेलमा पश्चिमान्चल टिमलाई हराउदै ससस्त्र तेस्रो भएको हो ।

पहिलो सेटमा २५ –२३ले जित निकालेको ससस्त्रले दोस्रो सेटमा १९ – २५ ले पश्चिमान्चललाई सुम्पियो ।

तेस्रो सेटमा पुन २५ –१९ को जित निकाल्दै ससस्त्रले अग्रता कायम गर्यो । चौथो सेट पूर्वान्चलले २९–३१ ले जितेपछि झन रोमान्चक बनेको प्रतिस्पर्धामा पाँचौ तथा अन्तिम सेटमा पुनः शसस्त्रले १५ –१६ ले आफ्नो पक्षमा पादै विजयी भयो ।

महिला तर्फको खेलमा पनि पश्चिीमान्चललाई ३ – ०को सोझो सेटमा हराउदै शसस्त्रले जित हासिल गर्यो ।

सोम, अशोज ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार

Like us On Facebook

Follow Us On Twitter