तोकिएकै मितिमा स्थानिय तहको निर्वाचन हुन्छ : पाण्डे

भक्तपुर, ३ असोज ।

संघीय मामिला तथा स्थानिय विकास मन्त्री हितराज पाण्डेले स्थानिय तहको निर्वाचन गर्न कसैले रोक्न नसक्ने बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उहाँले आयोगले गतिशिलताका साथ काम अगाडि बढाईरहेको र सबै राजनीतिक दलहरुको प्रतिबद्धता समेत रहेकाले अब कसैले निर्वाचन रोक्न नसक्ने बताउनु भयो ।

तोकिएको मितिमा तीनै तहको निर्वाचन नभए संबैधानिक संकट निम्तने भन्दै पाण्डेले असन्तुष्ठ पक्षको माग संबोधन गरि सरकारले संबिधान कार्यान्वयन र निर्वाचन गर्ने बताउनु भयो ।
संबिधान जारी भएको एक बर्षमा धेरै सफलता हासिल भईसकेको र कार्यान्वयनको पक्षमा देखिएको जटिलतालाई राजनीतिक सहमती र जानकारी बृद्धि गर्दै सफल कार्यान्वयन तर्फ अग्रसर बन्ने उहाँको भनाई छ ।

प्रतिपक्षमा बसेको एमालेले समेत नेपाल र नेपालीको आवश्यकतालाई बुझ्दै संबिधान संशोधनमा सहयोगी भूमिका खेल्नुका साथै कार्यान्वयनको पक्षमा समेत असल र सहयोगी भूमिका देखाउने बिश्वास नेपाली राजनीति देखिने उहाँले बताउनु भयो ।
जनयुद्धका क्रममा लडेका लडाकुकै कारण लोकतन्त्रको आगमनमा सहयोगी भएको र शान्ति प्रक्रियालाई ताक्र्रिक निष्कर्षमा पुराउने काम बाँकी रहेको भन्दै उहाले लडाकुका शिबिरका बिषयमा अख्तियारले उठान गरेको कुरा समयले प्रष्टाउने बताउनु भयो ।

सोम, अशोज ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया