प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक स्थगित

काठमाडौ, ३ असोज ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आजका लागी बोलाउनु भएको सर्वदलीय बैठक स्थगित भएको छ ।

संबिधान दिवशका दिन दलहरु ब्यस्त भएकाले बैठक स्थगित गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मधेशी मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधनको प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले आज दिनउसोका लागी बैठक बोलाउनु भएके थियो ।

प्रधानमन्त्री दाहालले भारत भ्रमण लगत्तै अमेरीका जाने तय भएकाले आज सर्वदलीय बैठक बोलाए पनि उहाको भ्रमण स्थगित भएको र अन्य दलका नेताहरु पनि ब्यस्त भएकाले बैठक पछि सारिएको हो ।

बैठकमा संबिधान संसोधनमा दलीय सहमतीको बिषय तथा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको उपलब्धीबारे दलहरुलाई जानकारी गराउनु हुने कार्यक्रम रहेको थियो ।

सोम, अशोज ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter