उपराष्ट्रपति पुन र भेनेजुएलाका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौ ३ असोज ।
असंलग्न राष्ट्रहरुको १७ औं शिखर सम्मेलनमा सहभागी हुन भेनेजुएलामा रहनु भएका उपराष्ट्रपति नन्दबहादुर पुनले आज त्यहाँका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गर्नुभएको छ ।

भेटमा असंलग्न आन्दोलन र पारस्परिक चासोका विषयमा छलफल भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा भेनेजुएलाका विदेशमन्त्री र एसिया मामिला हेर्ने उपविदेशमन्त्रीको पनि उपस्थिति रहेको थियो ।

आजै उपराष्ट्रपति पुन र भारतीय उपराष्ट्रपति हमिद अन्सारीबीच पनि भेटवार्ता भएको मन्त्रालयले जनाएको छ । यस्तै उहाँले राष्ट्रसंघका उपमहासचिवसँग पनि भेट गर्नुभएको छ ।

भेटमा संयुक्त राष्ट्र संघिय शान्ति तथा निशस्त्रीकरणको कार्यलय काठमाडौ स्थापना गर्ने तथा संयुक्त राष्ट्र संघ र नेपालको सम्बन्धबारे छलफल भएको थियो ।

सोम, अशोज ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter