विद्यार्थी परिषद्को दुइ दिवसीय आवासीय वर्ग राजधानीमा सूरु

काठमान्डौ ३ असोज ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको उपत्यकाका विभिन्न कलेज इकाइहरुको दुइ दिवसीय अभ्यास वर्ग कार्यक्रम हिजो देखि राजधानीमा सुरु भएको छ ।

आज सम्म चल्ने सो अभ्यास वर्गमा काठमान्डौ महानगर इकाइको नयाँ कमिटी समेत गठन हुने परिषद्ले जनाएको छ ।

सो वर्गमा काठमान्डौ उपत्यकाका विभिन्न क्षेत्रमा गठित इकाइका ५० जना विद्यार्थीहरुको सहभागिता रहेको जनाइएको छ । वर्गमा विद्यार्थीहरुलाई परिषद्का केहि सांगठनिक विषयवस्तुका साथै उनीहरुको व्यक्तित्व विकास गर्ने खालका कार्यक्रमहरु आज सञ्चालन हुने परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले जानकारी दिनु भयो ।

शिक्षा क्षेत्रलाई माध्यम बनाई मुलुकका ५० भन्दा धेरै जिल्लाहरुमा आफ्नो कार्य लाई अगाडि बढाइरहेको विद्यार्थी परिषद्ले विद्यार्थीहरुको नेतृत्व विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी भारतीय चलचित्र तथा टेलिभिजन संस्थानका प्रमुख गजेन्द्र चौहानले विद्यार्थी देशको संवाहक भएकाले उनीहरुलाई सहि मार्ग दर्शन गराउन आवश्यक रहेको बताउनु भएको थियो ।

सोम, अशोज ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया