प्रधानमन्त्री दाहालको न्युयोर्क भ्रमण रद्ध

काठमाडौ ३ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आज न्यूयोर्क जाने कार्यक्रम रद्द भएको छ । उहाँ राष्ट्रसंघीय महासभामा भाग लिन आज राति त्यसतर्फ प्रस्थान गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो ।

आन्तरिक राजनीति तथा संविधान कार्यनवयन प्रक्रियामा व्यस्त हुनुपरेकोले प्रधानमन्त्री दाहालले न्यूयोर्क जाने कार्यक्रम स्थगित गर्नुभएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको अनुपस्थितिमा परराष्ट्र मन्त्री प्रकाशशरण महतले महासभामा नेपाली टोलीको नेतृत्व गर्नुहुनेछ । परराष्ट्र मन्त्री महत हिजै दिल्लीबाट न्यूयोर्क प्रस्थान गरिसक्नु भएको छ ।

प्रधानमन्त्री दाहाल हिजो मात्र ४ दिने भारत भ्रमण सकेर स्वदेश फर्किनु भएको हो । आज र भोली हुने महासभामा परराष्ट्र सचिव शंकर बैरागी लगायतका केही परराष्ट्रका अधिकारीले भाग लिन जानेछन् ।

सोम, अशोज ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter