प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौ ३ असोज ।
मधेशी मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधनको प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आज सर्वदलीय बैठक बोलाउनु भएको छ ।

चार दिने भारतको औपचारिक भ्रमणबाट स्वदेश फर्किएको भोली पल्टै प्रधानमन्त्री दाहालले संविधान संशोधनमा दलीय सहमतिको पहल स्वरुप सर्वदलीय बैठक बोलाउनु भएको हो ।

बैठक दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । यस्तै आजै नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक पनि बस्दैछ ।

दिउँसो तीन बजेपछि बस्ने बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमण, संविधान संशोधन लगायतका विषयमा छलफल हुने माओवादीले जनाइएको छ ।

सोम, अशोज ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया