आज ५ सय ३७ कैदीको कैद मिनाहा हुदै

काठमान्डौ असोज ३ ।
संविधान जारी भएको एक वर्ष पुरा भएको अवसरमा ५ सय ३७ कैदी आज कैद मुक्त हुदै छन् । सरकारले दिवसको अवसर पारेर सो कैदीको बाँकी कैद मिनाह गर्न लागेको हो ।

सरकारले बालबालिका र महिला बेचविखन, अवैध हतियार, बलात्कार, अपहरण, संगठित अपराध, भ्रष्टाचार लगायत गम्भीर प्रकृतिको अपराध बाहेकका कार्य्विधिले तोकेअनुसारको कैद सजायँ काटेका कैदीको कैद मिनाहा गर्ने निर्णय गरेको हो ।

यसअघि गणतन्त्र दिवसमा सरकारले ८ हजार ८ सय ७ कैदीको कैद मिनाहा गरेको थियो । सरकारले असल चालचलन भएको, ६० प्रतिशत कैद भुक्तान गरिसकेको व्यक्तिलाई राष्ट्रिय दिवस पारेर कैद मिनाहा गर्दै आएको छ ।

सोम, अशोज ३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...