प्रधानमन्त्रिको भारत भ्रमण गम्भिर राष्ट्रघात

काठमाण्डौ, २ असोज । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले जारी गरेको संयुक्त विज्ञप्ति नेपाल र नेपाली जनताको हित विपरीत रहेको ठहर गरेको छ ।

सो पार्टीका अध्यक्ष मोहन वैद्यले आज विज्ञप्ति जारी गर्दै भनेका छन, ‘भाद्र ३० देखि आश्विन २ गतेसम्म नेपालका प्रधानमन्त्रीको भारत भ्रमण भएको छ ।

नेपाल र भारतका प्रधानमन्त्री मार्फत् एउटा संयुक्त वक्तव्य पनि जारी गरिएको छ । नेपालका प्रधानमन्त्रीका तर्फबाट यो भ्रमण भारतसितको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन र विश्वासको वातावरण बनाउन पूर्ण सफल भएको अभिव्यक्ति पनि दिइएको छ ।

भारतसँग गरिएका सन् १९५० लगायतका सबै असमान सन्धि सम्झौता तथा सहमति खारेज गर्ने कुरा हुँदै आएकोमा नेपालका प्रधानमन्त्रीद्वारा पुराना ती सबै सन्धि सम्झौता तथा सहमतिहरुलाई निरन्तरता दिने कुरा स्वीकार गरिएको भन्दै अध्यक्ष वैद्यले प्रधानमन्त्री दाहालको सो कार्यलाई ‘गम्भीर राष्ट्रघात’ संज्ञा दिएका छन् ।

यसबाट भविष्यमा अझ राष्ट्रघाती सन्धि सम्झौता गर्नका लागि पृष्ठभूमि तयार पारिएको कुरा स्पष्ट भएको उनको भनाइ छ ।

सम्झौतामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को उम्मेदवारीमा भारतलाई सघाउने वचन दिइनु असंलग्न परराष्ट्र नीति विपरीत भएको पनि अध्यक्ष वैद्यले जनाएका छन् ।

यसैविच प्रधानमन्त्रि दाहाल स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा विप्लव माओवादीका कार्यकर्ताले भारत भ्रमणमा प्रधानमन्त्रिले राष्ट्रघाति सम्झौता गरेका भन्दै कालो झण्डा देखाएका छन् ।

कालो भण्डा देखाउने क्रममा माओवादीका बिद्यार्थि संगठनका केन्द्रिय नता सहित ३० जना पक्राउ परेको काठमाण्डौ जिल्ला इृन्चार्ज माइृला लामाले जनाउनुभएको छ ।

आइत, अशोज २, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया