संविधान दिवसमा ५ सय ३७ जनालाई जेलमुक्त गर्ने सरकारको निर्णय

काठमाण्डौ, २ असोज । सरकारले संविधान दिवसमा ५ सय ३७ जनालाई जेलमुक्त गर्ने निर्णय गरेको छ ।

चार दिने भारत भ्रमणबाट आज अपरान्ह स्वदेश फर्किनसाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले संविधान दिवसमा चालिस प्रतिशत कैद भुक्तान गरेका र गम्भीर प्रकृतिको अपराधमा संलग्न नभएका ६५ वर्ष उमेर नाघेका ५ सय ३७ जनालाई जेलमुक्त गर्ने निर्णय गरेको छ ।

बैठकमा भारत भ्रमणका समीक्षा, संविधान संशोधनको तयारी, सोमबारको संविधान दिवस लगायतका विषयमा छलफल भएको छ ।

कृषिमन्त्री गौरीशंकर थारुले प्रधानमन्त्री भारत भ्रमण सफल भएको निश्कर्ष मन्त्रिपषिद्ले निकालेको बताउनु भयो ।
उहाँले भन्नुभयो प्रधानमन्त्रीको भारत भ्रमणको समीक्षा भयो र यो अत्यन्त सकारात्मक एवं सफल भएको निश्कर्षमा हामी पुगेका छौं ।

आइत, अशोज २, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...