लौहपुरुष सिंहको स्मृति दिवस मनाईंदै

काठमाडौं, असोज २।
नेपाली कांग्रेसका नेता गणेशमान सिंहको आज स्मृति दिवस मनाईंदैछ । सिंहको स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । १९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो ।

दिवसको अवसरमा काठमाडौको शोभा भगवतीमा रहेको स्वर्गीय सिंहको प्रतिमामा माल्यार्पण गरेर सिंहको योगदानको स्मरण गरिँदैछ ।

लौहपुरुषका नामले समेत चिनीनु भएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गर्नु भएको थियो । सिंहले वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना समेत गर्नु भएको थियो ।

२०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गर्नुभएका नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व सिंहले प्रजातन्त्रको पहरेदारी गर्न रुचाउनु भएको थियो ।र

०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना र २०४७ को संविधान निर्माणपछि उहाँले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न प्रेरित गरिरहनु भएको थियो ।

त्यसो नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि प्रजातन्त्र स्थीर र स्थायी नहुने उहाँको धारणा थियो ।

आइत, अशोज २, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया