प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदै

काठमान्डौ असोज २ ।
चार दिने औपचारिक भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कदै हुनुहुन्छ । प्रधानमन्त्री दाहालको टोली आज दिउसो १ बजे स्वदेश आइपुग्ने कार्यक्रम रहेको जनाईको छ ।

भारत भ्रमणका क्रममा उहाँले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह, गृहमन्त्री राजनाथ सिंह, परराष्ट्र मन्त्री सुष्मा स्वराज लगायत विभिन्न नेतासँग भेतवार्ता गर्नु भएको थियो ।

भ्रमणका क्रममा नेपाल र भारतबीच तीनबुँदे सम्झौता भएको छ । प्रमुख हाइड्रोपावर प्रोजेक्ट पञ्चेश्वर, माथिल्लो कर्णाली, अरुण तेस्रोलगायत परियोजनालाई समयमै कार्यान्वयन गर्ने सहमति समेत भएको छ ।

आफ्नो भारत भ्रमण पूर्णरुपमा सफल भएको प्रधानमन्त्रीले बताउनुभएको छ । संविधान लेखन प्रक्रियादेखि नै असन्तुष्टि जनाउँदै आएका पक्षसँगको सहमतिमा नै नेपालको संविधान संशोधन प्रक्रिया अगाडि बढाउने प्रधानमन्त्रीको भनाई छ ।

नेपालको समग्र विषय भारतले विशेष प्राथमिकतामा राखेको र नेपालप्रति आपसी हित र चासोमा विशेष ध्यान दिएको भन्दै प्रधानमन्त्रीले साझा चासो र हितमा एकआपसमा मिलेर काम गरिने पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहाललाई भारत सरकारले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ‘गार्ड अफ अनर’ प्रदान गर्दै सम्मान गरिएको थियो । प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते भारत जानुभएको थियो ।

आइत, अशोज २, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter