
काठमाडौं, असोज १ ।
चौंथो राष्ट्रिय विज्ञान दिवस आज ‘विज्ञान प्रविधि र आविष्कार समृद्धिको आधार’ भन्ने नाराकासाथ देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा विज्ञान तथा प्रविधि मन्त्रालयले ललितपुरमा एक कार्यक्रमको आयोजना गरि मुलुकमा विज्ञानको विकासका लागि नीतिगत सुधारका कार्यक्रम भइरहेको जानकारी गराएको थियो ।
विज्ञानको विकासले मानवीय जीवन सहज बन्दै गएकोले नीतिगत सुधारका कार्यक्रम अघि बढाउने मन्त्रालयको तयारी रहेको जनाईएको छ ।
यस्तै कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टका उपकुलपति डा. जीवराज पोखरेलले कृषि र औद्योगिक विकासका लागि विज्ञानको अधिकतम् प्रयोग हुनुपर्नेमा जोड दिदै सर्वाङ्गीण विकासका लागि विज्ञानको प्रयोग अपरिहार्य रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले बुद्धिजीवी एवं वैज्ञानिकहरुलाई सरकारले उचित अवसर नदिँदा उनीहरु विदेशीन र पलायन हुन बाध्य भएको गुनासो गरेका थिए ।
दिवसको अवसरमा विज्ञान क्षेत्रमा कलम चलाउने सन्चारकर्मीहरुलाई सम्मान गरिएको थियो ।
शनि, अशोज १, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य समाचार समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम