मधेसलाई टुक्र्याउ खोजिदैछ : बामदेव


विराटनगर, असोज १ ।

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले मधेसलाई टुक्र्याउने चलखेल भईरहेको आरोप लगाउनु भएको छ ।
विराटनगरमा आज सन्चारकर्मीहरुसँग कुरा गर्दै एमाले उपाध्यक्ष गौतमले मधेश टुक्राउने नियतले संविधान संशोधनको कुरा आएको हुनसक्ने भन्दै सचेत रहनुपर्ने बताउनु भयो ।

संविधान जारी भएको एक वर्ष पनि नपुग्दै संशोधन गर्नुपर्ने आवश्यकता नै नभएको उहाको भनाई छ ।

उहाले संविधान कार्यान्वयनमा बाधा पुगेमात्र संशोधन गरिने भन्दै अहिलेसम्म कुनै समस्या नभएको जिकिर गर्नुभयो ।

शनि, अशोज १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया