प्रधानमन्त्री फकिए लगत्तै संविधान संशोधान : कार्कि

बिराटनगर, १ असोज ।

सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मधेसी दलले उठाएका माग सहमतिको आधारमा संविधान संशोधानमार्फत् पूरा गरिने बताउनुभएको छ ।

विराटनगरमा आज सन्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भम्रणबाट फर्किएलगत्तै संविधान संशोधनको प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।

संविधान संशोधनका लागि नेकपा एमालेलाईसमेत सरकारले साथमा लिएर जाने जानकारी दिनुभयो ।

मन्त्री कार्कीले प्रधानमन्त्री दाहालको भारत भ्रमण पुरानै सन्धी सम्झौताको निरन्तरता मात्र भएको भन्दै भ्रमणमा कुनै दीर्घकालिन महत्वका सन्धी या सम्झौता नहुने बताउनुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमण सद्भावना भ्रमण मात्र भएकाले यसले कुनै सन्धी सम्झौता नगर्ने तर विगतमा गरिएका सन्धि सम्झौताको कार्यान्वयनका लागि भने पहल गर्ने उहाँको भनाई थियो ।

भारतले महाकाली सन्धी, हुलाकी सडक जस्ता विषयमा सहमति जनाए पनि कार्यान्वयन नभएको भन्दै बेलाबेलामा आश्वासन दिएपनि कार्यान्वयन हुन नसकेका विषयमा प्रधानमन्त्री दाहालले सवाल उठाउने सञ्चारमन्त्री कार्कीले उल्लेख गर्नुभयो ।

मन्त्री कार्कीले संचारकर्मीको न्यूनतम पारिश्रमिक सबै मिडिया हाउसमा लागुहुुने पनि बताउनुभएको छ ।

सरकारी संचारमाध्यममा लागुभइसकेकाले अब नीजि हाउसहरुमा लागु हुुने भन्दै उहाले राजपत्रमा नै प्रकाशित भइसकेको नियमलाई कसैले मान्दिन भन्न नपाउने बताउनु भयो ।

शनि, अशोज १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...