मुलुक चलाउन बिदेशीको सहारा चाहिदैन : ओली

काठमाडौं, असोज १ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरुको एजेन्डामा संविधान संशोधन गर्ने प्रयास भइरहेको बताउँदै त्यसलाई नेपाली जनताले स्वीकार नगर्ने बताउनु भएको छ ।

नागार्जुन नगरपालिका–१० भीमढुंगामा आज मोतीदेवी जेष्ठ नागरिक आवासगृहको उद्घाटन गदै अध्यक्ष्य ओलीले नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने बताउनु भयो ।

स्वार्थपूर्तीका लागी संबिधान संसोधनको माग राख्नेसँगको सहमतीमा यो बिषय उठिरहेको भन्दै उहाले नेपाली जनताले राष्ट्रिय हित विपरीतका लागी हुने जुनसुकै सम्झौता गरेपनि कार्यान्वयन हुन नदिने बताउनु भयो ।

अध्यक्ष ओलीले नेपाल देश नेपालीले नै चलाउने बताउँदै अरुको आवश्यकता नपर्ने पनि जिकिर गर्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले अहिलेको सरकारले अर्काको एजेन्डाको भारी बोकेको र राजनीतिकरुपमा द्वन्द्व र भिडन्तमा देशलाई लैजान खोजेको आरोप लगाउनु भयो ।

कार्यक्रममा एमाले उपाध्यक्ष तथा केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले मोतिदेवी श्रेष्ठले देखाएको बाटोमा लाग्नुपर्ने धारणा राख्दै सामाजिक र आर्थिक रुपान्तर गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काग्रेसका सांसद ध्यानगोविन्द रञ्जित, राप्रपा नेपालका नेता तथा पूर्वसांसद विक्रमबहादुर थापाले मोतिदेवीले नेपाली कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको चर्चा गर्नुभएको थियो ।

करिब रु ७० लाखमा निर्माण गरिएको ६ कोठे आवासगृहमा करिब ४० जना बृद्धबृद्धा राख्न सकिने व्यवस्था रहेको छ ।

ललितपुरमा जन्मिएकी मोतीदेवी नेपाल कम्युनिष्ट पार्टीको संस्थापक सदस्य हुनुहुन्थ्यो । मोतीदेवीको २०५४ सालमा निधन भएको थियो ।

शनि, अशोज १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter