सप्तकोसिमा डुंगा पल्टियो , ३७ को उद्धार(अपडेट)

सुनसरी , १ असोज ।

सुनसरीको श्रीलंका टापुबाट हाट भर्न प्रकाशपुर जादै गरेका यात्रु चडेको डुंगा राजावासा ५ सप्तकोशी नदिमा पल्टिएको छ । आज मध्यान्ह साढे १२ बजे डुङगा दुर्घटना भएके हो ।

डुंगामा सवार यात्रु मध्ये ३७ जनाको सकुशल उद्धार गरिएको डिएसपि बिनोद घिमिरेले जानकारी दिनुभयो । अन्य वेपत्ताहरुको खोजी भईरहेको पनि उहाले बताउनु भयो ।

करिव ४५ जना यात्रु बोक्ने क्षमता रहेको उक्त डुङगामा कति यात्रु सवार थिए भन्ने एकिन नभएको प्रहरीले जनाएके छ ।

आज प्रकाशपुरमा हाट लाग्ने भएकोले उक्त डुंगामा क्षमता भन्दाबढी यात्रु चढेका स्थानीयले बताएका छन् ।

श्रीलंका टापुबाट हिडेको डुंगा राजावासा पुगेपछि भंगालोमा पसेको थियो । यात्रुको संख्या धेरै भएकोले ढ्याउमा पसेपछि डुंगा असन्तुलन भई पल्टिएको हुनसक्ने घिमिलेले बताउनु भयो ।

शनि, अशोज १, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया