
काठमाडौ ,१ असोज ।
हिन्दू परम्परा अनुसार आजदेखि सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने सोह्रश्राद्धमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने गरिन्छ ।
सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले यसलाई सोह्रश्राद्ध भनिएको हो । चाड पर्व तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ ।
दसैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ ।
शास्त्रीय परम्पराअनुसार आफ्ना पितृका नाममा सोह्रश्राद्ध भर पार्वण श्राद्ध, तीर्थ श्राद्ध तथा ब्रह्मकपाली श्राद्ध आदि गर्ने प्रचलन छ । सोह्रश्राद्धमै बितेकाको सम्झनामा भने ‘एक पार्वण’ श्राद्ध गरिन्छ ।
शनि, अशोज १, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य समाचार समाचार

Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम

काठमाण्डौं चैत्र २४ । काठमाण्डौं हाडीगाँउमा रहेको श्रीदिवा ईन्टरनेस्नल स्कुलमा स्प्रीगं फेयरको आयोजना सम्पन्न भएको

१९ चैत्र,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बालकृष्ण ढुंगेलको रिहाईको माग गर्दै आज काठमाण्डौमा प्रर्दशन गरेको